शुक्रबार, बैशाख ४, २०८३

सर्वोच्चको फैसलाले विचलित छैन : रेशम चौधरी


कान्तिपथ


टीकापुर घटनामा जन्मकैद सजाय पाएका थारु नेता रेश्म चौधरीले अझै न्यायिक पर्खाइमा रहेको प्रतिक्रिया दिएका छन्।

मंगलबार सर्वोच्च अदालतले जिल्ला अदालत कैलालीको फैसलाअनुसार जन्मकैद सजाय सदर गरेकोमा बुधबार विज्ञप्ति जारी गर्दै रेशमले आफ्नो प्रतिक्रिया दिएका हुन्। उनले सर्वोच्चको फैसलापछि पनि न्यायलयप्रति भरोसा रहेको र न्यायिक पर्खाइमा रहेको बताएका छन्।

टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै सामाजिक सञ्जालमा जथाभावी नलेख्न तथा पोस्ट नगर्न चौधरीले आफ्ना समर्थकलाई आग्रह गरेका छन्।

नेता रेशमले आफू डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको बताएका छन्। ‘स्वस्थ छु। रतिभर मन विचलित छैन। पुस्तक लेखीरहेको छु। केही दिनमा ‘धरातल’ नामक पुस्तकको साथ तपाईंसमक्ष आउने छु,’ चौधरीले विज्ञप्तिमार्फत् भनेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत