सोमवार, चैत्र ३०, २०८२

सांसदहरूको प्रश्न कसले आउट गर्‍यो भन्दै रघुजी फायर


कान्तिपथ


एमाले सांसद रघुजी पन्तले सांसदहरूले सोध्ने प्रश्न संसदमा सोधिनुअघि नै कसले आउँछ गर्‍यो ? भनेर प्रश्न गरेका छन् । बिहीबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा यसरी प्रश्न बाहिर आउनु राम्रो नहुने भन्दै आइन्दा त्यसरी प्रश्न बाहिरियाउन नहुनेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

‘सांसदहरूको प्रश्न कसले आउट गर्‍यो ? सांसदले प्रश्न नसोध्दै अखबारमा आउनु उपयुक्त होइन । आइन्दा यहाँ सोध्नुभन्दा पहिला प्रश्न आउट हुनुहुँदैन’, पन्तको भनाइ छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि यसरी प्रश्न बाहिरिनु राम्रो नभएको भन्दै कतै आफूले दिने जवाफ पनि बाहिरिएको त छैन भनेर आफूले सोधखोज गरेको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत