आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम अन्तर्गत सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए ।
निर्माण भएका अन्र्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानास्थल पूर्ण क्षमतामा सञ्चालन गर्दै हवाइ सम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्ने र नयाँ मुलुकहरुसँग हवाई सम्झौता गरी बजार विस्तार गरिने घोषणा गरे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ