सोमवार, चैत्र ३०, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • कान्तिपथ समाचार प्रभाव : पोल्यान्डमा लैजाने भन्दै ठग्ने दुई विदेशी पक्राउ !

कान्तिपथ समाचार प्रभाव : पोल्यान्डमा लैजाने भन्दै ठग्ने दुई विदेशी पक्राउ !


कान्तिपथ


शनिबार नक्सालस्थित मेरियट होटल अगाडि बिहानैदेखि युवाहरूको भिड थियो। उनीहरू फेसबुक र टिकटकमा एउटा भिडिओ हेरेर पोल्याण्ड र युरोप जानेबारे बुझ्न मेरियट पुगेका थिए।

केहीदिन अघि टिकटकमा nasc198 नाम रहेको आइडीबाट एउटा भिडिओ सार्वनजनिक भएको थियो। भिडिओमा ‘रिता’ नामले चिनाएकी एक युवतीले आफू पोल्यान्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि रहेको र वेयरहाउस र फ्याक्ट्रीमा काम गर्न हजार जना नेपालीलाई पोल्यान्ड र अन्य युरोपियन देशमा लैजान चाहेको बताएकी थिइन्।

भिड जम्मा भएपछि प्रहरीले सोधपुछ गरेको थियो। पोल्यान्ड लाने भनेर टिकटकमा विज्ञापन गरेको र त्यही विज्ञापन हेरेर सयौं मानिसहरू उपस्थित भएको पाइएपछि वैदेशिक रोजगार विभागलाई खबर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। आज हुने कार्यक्रमको विषयमा हिजो कान्तिपथले समाचार प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार : हजारौंलाई पोल्याण्ड लैजाने भन्दै करोडौं ठग्ने जाल : ५ तारेमा आज उठबस !



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत