काठमाडौँको ठमेलस्थित एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ। एलओडी ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।

यसअघि सन् २०२२ का लागि ‘एलओडी’ सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो। यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ३ स्थान सुधार गर्दै ४९औं स्थानमा पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए।
क्लब चार वर्षअघि स्थापना भएको हो। क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ। एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ। क्लबमा करिब डेढ सय कर्मचारी कार्यरत छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ