शुक्रबार, चैत्र २७, २०८२

रविलाई एमाले सचिवले भने : ‘सौ चूहे खा के बिल्ली चली हज’ !


कान्तिपथ


एमाले सचिव तथा सांसद रघुवीर महासेठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफू जोगिनका लागि राति राति बालुवाटार धाएको टिप्पणी गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महासेठले नयाँ नयाँ साधु सन्तले धेरै खरानी धसेको समेत बताए ।

‘नयाँ नयाँ साधु सन्तले निधारमा धेरै खरानी दल्ने गरेको छ । त्यो दलरे केही फाइदा हुँदैन,’ उनले भने, ‘भुटानी शरणार्थीको छानबिन भइरहेको छ । तीन पार्टीले बालुवाटारमा बसेर मिलाउने छलफल गर्दैछ । तर, को तीन पार्टी बोल्नु भएन । भन्न चाहन्छु यस्ता साथीहरू तीन पार्टी मात्र होइन । रातिको समयमा आफू बच्नका लागि रातिको समयमा बालुवाटर गएर म्याम्याउ गर्नुभएको छ । त्यो पनि बुझेका छौँ ।’ उनले भने, ”सौ चूहे खा के बिल्ली चली हज को’ ।

तीन पार्टीलाई दोष देखाएर कोही निर्दोष नहुने महासेठको भनाइ छ । आज अरुको आलोचना गरेर आफू स्थापित हुन्छु नसोचे हुन्छ,’ उनले भने । यसअघि आजको संसद बैठका रास्वपाका सभापति रवि लामिछानेले तीन दल बालुवाटरमा बसेर भुटानी शरनार्थी प्रकरण मिलाउन लागेको त होइन भनेर आशंका व्यक्त गरेका थिए । सोही विषलाई एमाले सांसद महासेठले कटाक्ष गरेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत