शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • एनएससी-काभा महिला भलिबल : नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनलमा प्रवेश

एनएससी-काभा महिला भलिबल : नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनलमा प्रवेश


कान्तिपथ


काठमाडौँ- एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा आयोजक नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा नेपाल भारतसँग पराजित भएको हो ।

यो जित पछि भारत समूह विजेताको रुपमा अन्तिम चारमा पुगको छ ।

भारतले पहिलो सेट २५-१२ र दोस्रो सेट २६-२४ ले जितेको थियो ।

तेस्रो सेट भने नेपालले २५-२१ ले आफ्नो पक्षमा पार्‍यो ।

तर चौँथो सेटमा भारतले २५-२१ अंक बनाउदै विजयी भयो ।

भारतसँग हारे पनि यसअघि दुई खेल जितिसकेकोले नेपाल समूह ‘ए’ बाट उपविजेताको रुपमा सेमिफाइनल चरणमा पुगिसकेको छ ।

नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएको थियो ।

अब नेपालले फाइनल प्रवेशका लागि समूह बी को विजेता काजकिस्तानसंग शुक्रवार प्रतिस्पर्धा गर्नेछ ।

आजै भएको अर्को खेलमा काजकिस्तानले समूह विजेता बन्ने क्रममा उज्वेकिस्तानलाई ३-१ सेटले हराएको हो ।

जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानले खेलिरहेका छन् ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत