चर्चित हलिउड फिल्म ‘द आइस रोड’ को दोश्रो सिक्वेल ‘आइस रोड २: रोड टु द स्काइ’ को प्रसारण तथा वितरण अधिकार अमेजन प्राइमले किन्ने भएको छ। द आइस रोड सन् २०२१ मा नेटफ्लिक्सले रिलिज गरेको थियो भने आइस रोड २ अमेजन प्राइमले रिलिज गर्ने भएको छ । यो फिल्म अमेजनले एक करोड ७० लाख डलर (करिब २ अर्ब २५ करोड रूपैयाँ) मा किन्ने भएको हो।
हलिउड अभिनेता लियाम नीसनको मुख्य भूमिका रहेको द आइस रोडको सिक्वेलमा पनि उनकै भूमिका मुख्य हुनेछ।
पहिलो संस्करणको फिल्म द आइस रोडको कथा क्यानडाको एक हिरा खानीमा भएको विस्फोटलाई लिएर देखाईएको थियो भने ‘आइस रोड २: रोड टु द स्काइ’ भने नेपालको कथावस्तुमा निर्माण हुने भएको छ।

लियाम नीसनले फिल्ममा आइस रोड ड्राइभरको भूमिका निर्वाह गरेका छन्। फिल्ममा उनी नेपाल भ्रमणमा आउनेछन्।
उनको भाइ/दाइको अन्तिम इच्छा आफ्नो अस्तु सगरमाथामा विसर्जन होस् भन्ने हुन्छ। भाइ/दाइको इच्छा पूरा गर्दै उनको अन्तिम संस्कारका लागी लियाम सगरमाथासम्म पुग्ने यात्रा क्रममा उनले अनेक चुनौतीहरू भोगेको देखाइनेछ।
द आइस रोड २: रोड टु द स्काइको निर्माण सन् २०२४ बाट सुरू हुनेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ