शुक्रबार, साउन ११, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • चार दिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान

चार दिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान


कान्तिपथ


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । 

प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवा निगमको उडानमार्फत आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, तीन वटै सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले बिदाइ गर्नुभयो । 

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा सम्मान गारत सलामी अर्पण गरेको थियो । 

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा गएको प्रधानमन्त्री प्रचण्ड सहितको प्रतिनिधि मण्डल यही ज्येष्ठ २० गते शनिबार बेलुका काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत