शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै


कान्तिपथ


नयाँदिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा दुईपक्षीय भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा वार्ता हुनेछ । त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री प्रचण्डले आजै साँझ नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने औपाचारिक भ्रमणका लागि हिजो नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत