शुक्रबार, चैत्र २७, २०८२

महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी


कान्तिपथ


काठमाडौँ । नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । 

मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।

यस जितसँगै नेपालले तीन खेलको महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा २–१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो ।

मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १÷१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल बनाएको थियो । 

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । सीता रानामगरले २४ रन बनाइन भने ज्योति पाण्डेले २३ रन जोडिन । ईन्दु बर्माले २० रन बनाइन् ।

मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १र१ विकेट लिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत