शुक्रबार, चैत्र २७, २०८२

जनकपुरधाममा जारी टि–२० प्रतियोगितामा मधेश र बागमती विजयी


कान्तिपथ


जनकपुरधाम । जनकपुरधाममा जारी टि–२० क्रिकेट प्रतियोगिताको दुई वटा खेलमा मधेश र बागमती प्रदेश विजयी भएका छन् ।

जनकपुरधामको रजौलमा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा आज बिहान भएको खेलमा कोशी प्रदेशलाई बागमतीले ३ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । कोशी प्रदेश हिजो भएको उद्घाटन खेलमा मधेश प्रदेशसँग पराजित भएका थियो ।

यसैगरी दोस्रो खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ७२ जनले पराजित गर्दै दोस्रो जीत हासिल गरेको छ । टस जितेर ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरको खेलमा १७२ रन बनाएको थियो ।

मधेश प्रदेशका तर्फबाट अनिल साहले ३७ बलमा ६२ रन बनाएका थिए भने पवन सर्राफले ४१ बलमा ५१ रन बनाएका थिए । प्रतिउत्तरमा ब्याटिङ गरेको गण्डकी १९.३ ओभरमा सबै विकेट गुमाएर १०० रनमा अल आउट भएको थियो ।

नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा भएको प्रतियोगितामा सात वटै प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागी छन् ।

प्रतियोगिता जेठ २६ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेता टिमलाई ३ लाख तथा उपविजेतालाई २ लाख नगद सहित शिल्ड तथा प्रमाणपत्र एवं पदक प्रदान गरिने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत