काठमाडौं । चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकारमध्येमा अभिनेता दयाहाङ राई एक हुनुहुन्छ । अर्थात् चलचित्रमा उहाँ निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्नुहुन्छ । कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ थियो ।
“चलचित्रमा अभिनय गर्ने क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने मौका पाइन्छ । मेरो प्रदर्शनको क्रममा रहेको चलचित्र नीरफूलमा मैले गोठालोको भूमिका निर्वाह गर्ने । भीरपाखामा भेडा चराउँदा उहाँहरूको समस्या र साहससँग साक्षात्कार भए”, अभिनेता राईले भन्नुभयो । कसरी भेडालाई माथितिर लाने, कसरी तल झार्ने, तिनीहरूलाई कसरी नुन खुवाउने, कसरी स्याहार गर्ने भन्नेबारे स्थानीयसँग छलफल गरेपछि उहाँले जानकारी पाउनुभएको रहेछ ।

“पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको संघर्षपूर्ण अनुभव सङ्गाल्ने अवसर पाएँ । मेरो लागि रोचक रह्यो”, उहाँले भन्नुभयो । धादिङको रुबी भ्यालीमा छायाङ्कन हुँदा अभिनेता राईले हिमाली जीवनको अनुभव सङ्गाल्नु भएको रहेछ ।
एउटा नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँ नै नभेटिनु जस्तो बिडम्वना नै चलचित्रको कथासार रहेको अभिनेता राईको भनाइ थियो । उहाँले चलचित्र ‘नीरफूल’ मौलिक कथा र बिरलै हुने घटनामा केन्द्रित रहेको बताउनुभयो ।रासस
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ