बुधबार, चैत्र २५, २०८२

लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक


कान्तिपथ


साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक भएको फर्स्टलुक पोस्टरमा चलचित्रका मुख्य पात्र बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाएका छन् । यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा चलचित्र प्रिमियर गरिने निर्देशक किरण राईले जानकारी दिए ।

चलचित्रले राई–लिम्बू संस्कृतिलाई विशेष महत्वका साथ उठाएको निर्देशक राईले बताए ।

चलचित्रमा चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भीम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम, सुदीप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत