नेकपा एमालेका अध्यक्ष केपी शर्माले कांग्रेसलाई सत्ता भए पुग्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसको के नीति भन्ने नै नभएको बताए ।
उनले भने, ‘फागुन १ गते दिवस मनाउने? यो राष्ट्रिय दिवस हो? हामी शान्ति प्रक्रियामा पो सहभागी भएका हौं त । पुराना कुरा छाडेर त्यस्ता गतिविधिलाई हाइहाइ गर्न होइन । त्यस्तो कुरालाई जयजयकार गर्न होइन। कांग्रेसले के गर्छ थाहा छैन । चुपचाप लागेको देखियो ।’
फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसक्ने बताए। ओलीले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त फितलो भएको टिप्पणी गरेका छन् । नेपालको शिर ठडिने गरी प्रधानमन्त्री प्रस्तुत हुन नसकेको र प्रोटोकल भद्रगोल बनेको उनले बताए ।
आज संसदमा सम्बाेधन गर्दै ओलीले गरेको टिप्पणी यस्तो थियोः
प्रधानमन्त्रीज्यू अत्यन्त फितलोरुपमा प्रस्तुत हुनुभयो । वास्तवमा भन्ने हो भने, मलाई भन्न त मन थिएन, तर हाम्रो प्रोटोकल नै भएन । तरिकाहरु मिलेन । परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरु कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ । पीए राख्नुभएको छ, मन्त्री र सचिव छैनन् ।
यस्तोमा परिवारको सदस्य राख्न मिल्दैन । फर्स्ट लेडी भनेको स्पाउस (श्रीमान÷श्रीमती) लाई भनिन्छ । अरु फेमिली मेम्बर हुन् । छोरा लगे फस्र्ट जेन्टलम्यान भन्ने त ? थुप्रैले स्पाउस लैजान्छन् महिला प्रधानमन्त्री भएको देशमा । छोरा लगेर स्पाउसको स्टाटस हुँदैन । परिवारका सदस्यलाई फर्स्ट लेडी भनिन्न ।
भोलि नातिनी लगे के भन्ने ? प्रोटोकल यस्तो भद्रगोल गर्न हुँदैन । वार्तामा परराष्ट्रमन्त्री, सचिव, शिष्टाचार महापाल, नोट मेकर हुनुपर्छ । मोदीसँग गरेको कति तपाईंले कति सम्झिनुयो ? अहिले भनेको कुरा फेरि दोहोर्याएर त्यही शब्दमा भन्न सक्नुहुन्छ ? त्यसैले आधिकारिक रेकर्ड हुनुपर्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ