शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • माओवादीले कोशी सरकार छाड्यो : प्रचण्डका मन्त्री ज्वाईले राजिनामा दिंदै

माओवादीले कोशी सरकार छाड्यो : प्रचण्डका मन्त्री ज्वाईले राजिनामा दिंदै


कान्तिपथ


नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । विराटनगरमा बिहान पार्टीका प्रदेश पदाधिकारी सहित भएको संसदीय दलको बैठकले हिकमत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

यस्तै आजै कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने समेत निर्णय भएको माओवादी प्रदेश कमिटीका उपाध्यक्ष शिव डाँगीले बताए ।

बैठकले आफ्ना मन्त्रीहरूलाई राजीनामा बुझाउन समेत निर्देशन दिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत