नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा नेताहरुको नयाँ जिम्मेवारी तोकिएको छ ।
एमालेले स्थायी कमिटी सदस्य र पोलिट्ब्यूरो सदस्यलाई जिल्ला कमिटीको इन्चार्जको जिम्मा दिएको छ । नेताहरुलाई जिम्मेवारी तोकिँदा स्थायी कमिटी सदस्य मणि थापालाई जिम्मेवारी तोकिएको छैन । उनको जिम्मेवारी दिने ठाउँमा बिदा लेखिएको छ । पूर्वमाओवादीबाट आएका नेता थापा केही समययता पार्टीमा असन्तुष्ट रहेको बताए पनि उनी विप्लवको सांस्कृतिक समूहसंग जोडिएर हिंडेका छन् ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ