अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुने निश्चित भईसकेको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका फरवार्ड मेस्सीले मियामीसँग सहमति गरिसकेका छन् ।
बार्सिलोना फर्कने चर्चा र साउदी अरेबियन लिग क्लब जाने चर्चाको बाबजुत मेस्सीले मियामी जाने निर्णय गरेका हुन् ।
यसैबीचमा मेस्सीले आफु मियामी जाने निर्णय गर्नुको कारण खुलाएका छन् । मेस्सीले आफु बार्सिलोना फर्कन चाहेको तर फाइनान्सियल फेयर प्लेको कारण सम्भव नभएको बताएका छन् ।
मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् । अर्जेन्टिनाका कप्तान मेस्सी दुई सिजन पीएसजीमा बसेर क्लब छाडेका हुन् ।
मेस्सीले २०२१ मा फाइनान्सियल फेयर प्लेको कारणले नोउ क्याम्प छोडेका थिए। मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) लिग खेलिरहेको छ ।
मियामी इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब हो । मेस्सीको यो युरोप बाहिरको पहिलो क्लब हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ