शुक्रबार, चैत्र २७, २०८२

स्कटल्यान्डलाई नेपालले दियो १३६ रनको सामान्य लक्ष्य


कान्तिपथ


आईसीसी विश्वकप क्वालिफायरको तयारीका क्रममा स्कटल्यान्डसँग अभ्यास खेल खेलेको नेपालले स्कटल्यान्डलाई १३६ रनको लक्ष्य दिएको छ ।

अफ्रिकामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २८.५ ओभरमा १३६ रन जोड्दै सबै विकेट गुमाएको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । कुशलले २६ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै, ३६ बलमा पाँच चौकासहित २८ रन बनाएर पभिलियन फर्किँदा कुशल भुर्तेलले १६ रन जोडे ।

दीपेन्द्रसिंह ऐरीले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेकनन् । बलिङतर्फ स्कटल्यान्डका ज्याक हार्भिस र ब्रान्डन म्याकमुलेनले सर्वाधिक तीन-तीन विकेट लिए । नेपालले अर्को अभ्यास खेल जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत