काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजीगत खर्च बढाउनु अहिलेको चुनौती भएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले राजश्वलाई गतिशील बनाएर लक्ष्य हासिल गर्न करको दायरालाई बजेटमार्फत वृद्धि गरेको बताउनुभयो ।
अर्थमन्त्री महतले तराई मधेसलाई केन्द्रीय गरेर बजेट विनियोजन गरिएको बताउनुभयो ।
अर्थमन्त्री महतले खर्च गर्ने प्रवृत्तिमा सुधार गरेर मुलुकको राजस्वको लक्ष्य र आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्ने पनि बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ