शुक्रबार, चैत्र २७, २०८२

ताम्तीमा सिँचाई पोखरी निर्माण, खोलाको पानी बोक्नुपर्ने बाध्यता हट्यो


कान्तिपथ


जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ को करिब ७७ रोपनी सुक्खा डाँडाको जमिन सिँचाई हुने गरी १४ लाख बढी लगानीमा सिँचाइ पोखरी निर्माण गरिएको छ ।

अमेरिकी जनताबाट आर्थिक सहयोग र मर्सीकोर नेपालको अगुवाइ तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित भकारी परियोजना मार्फत सिँचाई पोखरी निर्माण गरिएको हो ।

परियोजनाको ११ लाख ६६ हजार ३४२ रुपैयाँ र ताम्तीबासीको २ लाख ८७ हजार ३१४ रुपैयाँ बराबरको जनश्रमदान गरी जम्मा १४ लाख ५३ हजार ६५६ रुपैयाँको लागतमा २० घनमिटर क्षमताको सिँचाई पोखरी निर्माण भएको किर्डाकका विपद् व्यवस्थापन अधिकृत पविना खड्काले बताउनुभयो । उहाँका अनुसार खेर गएको स्रोतको सदुपयोग गरी निर्माण गरिएको सिँचाई पोखरी मार्फत ताम्ती गाउँको सुक्खा डाँडाको ७७.७ रोपनी जग्गामा सिँचाई हुने छ ।

पोखरीबाट बगैँचामा सिँचाई गर्न लाइन विस्तार, ८ वटा धारा निर्माण, बोट बोटमा सिँचाई गर्न ३२ रोल गार्डेन पाइप समेत स्थानीयलाई दिइएको परियोजनाका इन्जिनियर रघुनाथ रिमालले जानकारी दिनुभयो ।

सिँचाइ पोखरी योजना हस्तान्तरण गर्दै तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले सुक्खा डाँडाको ७७ रोपनीमा सिँचाई सुविधा पुग्नु खुसीको कुरा भए पनि संरचनाको दिगो व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो ।

पोखरी निर्माणपछि खोलाबाट पानी बोकेर सिँचाइ गर्नुपर्ने बाध्यता हटेको छ। सिँचाई सुविधा पुगेपछि ताम्ती गाउँका २ सय ६ वटै घरधुरीका एक हजार बढी नागरिक खुसी भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत