शुक्रबार, चैत्र २७, २०८२

प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै


कान्तिपथ


काठमाडौं- प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछन् । सात मध्ये कोसीले हिजै अध्यादेश मार्फत्बजेट सार्वजनिक गरिसकेको छ भने बाँकी छवटा प्रदेश सरकारले आज सार्वजनिक गर्दैछन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । कृषि, स्वास्थ्य, शिक्षा लगायत भौतिक पूर्वाधार निर्माण प्रदेशहरुको प्राथमिकतामा परेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न लागेको छ ।

लुम्बिनी प्रदेश सरकारले पनि आज बजेट ल्याउदैछ । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट पेश गर्नुहुने छ । यस बर्ष बजेट कटौती भएका कारण चालु आर्थिक बर्षको तुलनामा बजेटको आकार घट्ने छ ।

अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । गण्डकी प्रदेशको बजेट ३३ अर्ब आसपासको हुने बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत