बुधबार, फाल्गुन ६, २०८२

भ्यूटावर अन्तिम स्वरुपमा ठडिँदै (फोटो फिचर)


कान्तिपथ


झापा- १ अर्व ५६ करोड रुपैयाँ बजेटमा चार बर्षअघि झापाको दमकमा १८ तले भ्यूटावर सहितको व्यापारिक केन्द्रको भवन बनाउने भनेर काम थालियो । त्यसवेला यस्तो गहिरो ठाँऊमा पनि अग्लो भ्यूटावर बन्ला के भनेर गाऊँले खासै विश्वास गरेनन् । तर अहिले टावरले अन्तिम स्वरुप लिएसँगै स्थानीय बासिन्दाहरु खुशी भएका छन् ।

एक सय मिटर अग्लो भ्यूटावरको फर्निसिङ्ग र सुरक्षा सिस्टमको कार्य निर्माण हुँदैछ । कोरोना कहरले केही ढिलो भएपनि अब भने अन्तिम चरणका कामहरु भइरहेको र म्याद थपेर भए पनि चाँडै पूर्णता गरिने निर्माण कम्पनि जेसीजिआईइसी, आसीस र ओम साइराम जेभीका मेनेजर सर्जल विराडीले बताउनु भयो ।

पाँच विगाह जमिनको घेराबाराभित्र सात कठ्ठा जमिनमा निर्माण थालिएको टावरमा वैंक, वितीय संघसंस्था, व्यापर, व्यवसाय लगायतका अन्य सामाजिक कार्यका लागि पुग्ने तलाहरु निर्माण भएका छन् ।

टावर निर्माण सकिन लाग्दै गर्दा सो क्षेत्रमा मानिसको आवाताजावत र जग्गा जमिनको कारोवार समेत बृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् ।

राष्ट्रिय गौरवको योजनाको रुपमा हेरिएको भ्यूटावर निर्माणको काम कोरोना कहरका कारण तोकिएको समय भन्दा झण्डै ढेड बर्ष ढिलो हुन पुग्यो । तर दोस्रो पटक म्याद थपेर भएपनि अबका केही महिनामा काम सकेर सरकारलाई हस्तान्तरण गरिने निर्माण कम्पनिले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत