शनिबार, अशोज १३, २०८०

फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’को पूर्वाभ्यास


कान्तिपथ


चीन सरकारको पहलमा पोखराको फेवातालमा शुक्रबारदेखि असार ८ र ९ गते सम्म हुन लागेको नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’को आज पूर्वाभ्यास गरिएको छ ।

ड्रागन बोट रेस फेस्टिभल’ मा नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र क्षेत्रीय होटल संघ पोखराले सघाएका छन् ।

दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका चार र नेपालका चार गरी आठ टोलीले सहभागीता जनाउँदै छन् । यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ ।

फेस्टिभलमा सहभागी हुन चिनियाँ टोली बुधबार सिचुआन एयरलाइन्सको चार्टर्ड जहाजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो । चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने आयोजकको विश्वास छ ।

चिनियाँ खेलाडी र पाहुनाका लागि पोखरामा खाने–बस्ने र आउ–जाउ गर्ने खर्च चीन सरकारले नै व्यहोरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत