चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त भएका छन्। न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बस्नेतलाई न्याम्सको उपकुलपति नियुक्त गरेका हुन्।
न्याम्सको निमित्त उपकुलपतिको रुपमा रहेका डा बस्नेतले उपकुलपतिको जिम्मेवारी सहितको पत्र बिहीबार नै बुझेका छन्।
प्रधानमन्त्री एवं न्याम्सका कुलपति दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा २ सदस्यीय सर्च कमिटी गठन गरेका थिए।
उक्त कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वान गरेको थियो। न्याम्सको उपकुलपतिका लागि गठित समितिमा ११ जनाको आवेदन परेको थियो।
उक्त कमिटीले आवेदन मध्येबाट ३ जनाको नाम न्याम्सका कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। न्याम्सका कुलपति एवं प्रधानमन्त्री दाहालले ३ जना मध्येबाट डा बस्नेतलाई न्याम्सको उपकुलपति बनाएका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ