विश्वका दुई धनाढ्य अर्बपति एलन मस्क र मार्क जुकरबर्ग केज फाइटका लागि सहमत भएका छन् । मस्कले ट्वीटरमा आफू र जुकरबर्गबीच केज फाइट हुने जानकारी दिएका हुन् ।
मस्क ट्वीटर, स्पेस एक्स र टेस्ला कम्पनीका मालिक हुन् भने जुकरगर्ब फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटाका मालिक हुन् । वर्तमान फोर्ब्सको सूचीअनुसार मस्क विश्वका सबैभन्दा धनाढ्य व्यक्ति हुन् भने जुकरबर्ग १०औँ धनाढ्य हुन् ।
जुकरबर्गले मस्कलाई कहाँ लडाइँ खेल्ने भनेर प्रतिप्रश्न नै गरेका छन् । ३९ वर्षे जुकरबर्गले मिक्स्ड मार्सल आर्ट्सको अभ्यास गरेका छन् भने उनले हालै जु–जुट्सु कुस्ती प्रतियोगिता पनि जितेका थिए । ५२ वर्ष पुग्न लागेका मस्कले यस्ता अभ्यास गरेका छन् र छैनन् भन्ने केही खुलाइएको छैन । बीबीसी



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ