शुक्रबार, चैत्र २७, २०८२

गाउँपालिका उपाध्यक्षका छोराको सहकारीमा ७ लाख बजेट हालेपछि बितण्डा !


कान्तिपथ


दोलखाको कालिन्चोक गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन हुन लागेको बजेटले तिब्र असन्तुष्टी देखिएको छ । खासगरी उपाध्यक्ष जनतासंग कार्यक्रममा माओवादी कार्यकर्ता भित्रै चरम निरासा देखिएको छ ।

गाउँपालिका उपाध्यक्ष माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी (रोशन) निर्वाचित छन् । उपाध्यक्ष जनतासंग कार्यक्रममा छनोट भएका अधिकांश योजना उपाध्यक्ष कै वडा नं ३ मा हालिएका छन् ।

वडा नं ३ मै कार्यालय रहेको कौशिक खप्तरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन निर्माणको लागि ७ लाख छुटाईएको छ । उक्त सहकारीका प्रबन्धक निरबहादुर बुढाथोकी ‘किशोर’ गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीका छोरा हुन् ।

बजेटबाट असन्तुष्ट वडा नं ७ का अध्यक्ष तथा माओवादी कै नेता राम पाण्डे (उदिप) ले आफ्नैलाई लखेट्नु पप्रने विकल्प भन्दै आक्रोश पोखेका छन् । त्यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल पाण्डेले लेखे’ ‘आज १० बजे सम्म दलाल र नोकर अनि बिद्रोहिहरुको जात्रा हेरे सामाजिक संजालमा का.गा.पा. !!! कुल्ली र नाइकेको’ ।

एमालेबाट गाउँपालिका अध्यक्षका प्रतिष्पर्धी रहेका गणेश शिवाकोटीले भने, कालिन्चोक गाउपालिकाको ११ औ गाउसभाबाट भयका निर्णयहरु र गाउसभाबाट बिनियोजन गरेको बजेटको सिलिङलाइ समेत हेर्दा सामाजिक सन्जालमा भयका सबै टिकाटिप्पणिहरुलाइ नियाल्दा सम्पुर्ण जनताहरु र केही जनप्रतिनिधिहरु समेत पुरै असन्तुष्ट रहेको पाइयो, हजुरहरुलाइ म अत्यन्तै दस औला जोडेर बिन्ती गर्छु हजुरहरुले पायका हरेक सेवा सुबिधामा तपाईंको भाइ भतिजो छोरो वा कालिन्चोक गाउपालिकाका बिदेसमा रहने सबै जनाको रगत र पसिनाको अंश रहेको छ गाउमा हुने हरेक बुबा आमा दाजुभाइ दिदिबहिनिहरुको पसिना समाहित भयको छ तपाईंको दादागिरी र कुन्ठा कोहि प्रती देखाउन रहर छ भने साधारण नागरिक बन्नुस जनप्रतिनिधिको हैसियतमा कालिन्चोक बासी सम्पूर्ण बुबा आमा दाजुभाइ दिदिबहिनी शुभेच्छुकहरुको आत्मा र चित दुखाउने काम नगर्नुस, यसले तपाईंलाई बाचिन्जेल पिरोल्ने छ।हामी सबैले हाम्रा जनप्रतिनिधि भनेर गर्व गर्ने बाताबरण बनाउनुस तेसको लागि यक नागरिकको तर्फबाट र म लागेको पार्टीको तर्फबाट सुन्दर कालिन्चोक सुखी कालिन्चोक खुशी कालिन्चोक बनाउनको लागि जुनसुकै सकारात्मक कर्म गर्नको लागि हामी तयार छौ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत