शुक्रबार, चैत्र २७, २०८२

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)


कान्तिपथ


पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

आइतबार १३ औँ नगरसभामा महानगरका मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

पोखरा महानगरपालिकाले २० वर्ष पुरानो सवारी साधनलाई विस्थापन गर्ने नीति लिएको छ भने सार्वजनिक यातायातमा अनिवार्य जिपिएस र विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने नीति लिएको छ । 

पोखरा महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १०हजार लिटरसम्म निःशुल्क खानेपानी वितरण गर्ने, बाँदर व्यवस्थापनका लागि सामुदायिक वनसँगको सहकार्य गरी नीति ल्याउने, ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण प्रतिबन्ध गर्ने सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, विद्यालय शिक्षा सुधार कार्यक्रम लागू गर्न आधारभूत तहमा मातृभाषामा पढाइ सुरु गर्न प्रशिक्षणको तामिलको व्यवस्था गर्ने जनाएको छ।

फेवाताल सहित पोखराका विश्व रामसार सूचीमा परेका अन्य तालको सिमसार र जलाधार क्षेत्रको संरक्षण गर्दै फेवा तालको मापदण्ड६५ मिटर कायम गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित):



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत