शुक्रबार, चैत्र २७, २०८२

पशुपतिनाथको सुनको जलहरीको तौल १०७ किलो ४६८ ग्राम


कान्तिपथ


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा राखिएको सुनको जलहरीको तौल लिइएको छ। अनुसन्धानको क्रममा सोमबार बिहान सुनको जलहरीको तौल लिइएको हो। 

मूल शिवलिङ्गको जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४६८ ग्राम मापन भएको पशुपति क्षेत्र विकास कोष स्रोतले बताए पनि अख्तियार स्रोतले जलहरीको तौलको बारेमा उल्लेख गर्न चाहेन। 

‘जलहरीको तौल १०७ किलोभन्दा अलिकति बढी छ। यकिन विवरण केही समयमा सार्वजनिक गरिन्छ होला,’ अख्तियार स्रोतले भन्यो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपति मन्दिरमा संकल्प पूजा गरेर पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा ११ फागुन २०७७ मा १०८ किलो सुनको जलहरी राखिएको थियो। तर, ११ किलो सुन गायव पारिएको भन्दै २ वर्ष अगाडि नै अख्तियारमा उजुरी परेको थियो। 

उजुरी परेको २ वर्षसम्म अख्तियारले अनुसन्धानमा तदारुकता नदेखाए पनि पछिल्लो समय संसद्‌मै उक्त विषयले विवाद भएपछि अख्तियारले अनुसन्धानलाई गति दिएको थियो। 

जलहरीको सुन जोख्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार पशुपति गएको थियो। 

अख्तियारको टोलीका साथै पशुपति क्षेत्र विकास कोष, खानी तथा भूगर्भ विभाग, पूरातत्व विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाली सेना, नेपाल प्रहरी र सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि समेतको उपस्थितिमा जलहरीको सुन जोखिएको हो। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत