एक उपमहानगरपालिका र एक नगरपालिकासहित जिल्लाका आठ स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ का लागि ५ अर्ब ९२ करोड ३७ लाख ५ हजार ६५९ रुपैयाँको अनुमानित बजेट ल्याएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाले सबैभन्दा बढी र जानकी गाउँपालिकाले सबैभन्दा कम बजेट ल्याएका छन् ।
बाँकेमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक विकास र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सबैभन्दा बढी १ अर्ब ६७ करोड ५६ लाख एक हजार ५८७ रुपैयाँको बजेट प्रस्तुत गर्दा जानकी गाउँपालिकाले सबैभन्दा कम ४६ करोड १० लाख ८९ हजार ६१६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
कोहलपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ७४ लाख, खजुरा गाउँपालिकाको ८३ करोड ३९ लाख ५३ हजार ६५८, राप्तीसोनारी गाउँपालिकाको ८० करोड ९१ लख २८ हजार, बैजनाथ गाउँपालिकाको ६९ करोड ९९ लाख ३५ हजार ९७५, डुडुवा गाउँपालिकाको ४८ करोड ८४ लाख ३४ हजार र नरैनापुर गाउँपालिकाको अनुमानित बजेट ४८ करोड ६२ लाख २ हजार ८७३ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ