बुधबार, फाल्गुन ६, २०८२

रोपाइँ महोत्सवमा करिब १५ देशका ५ सय पर्यटक सहभागी हुने


कान्तिपथ


पोखरा । यस वर्ष पोखरामा आयोजना हुने १८ औँ संस्करणको असारे रोपाइँ महोत्सव २०८० मा करिब १५ देशका ५ सय जना विदेशी पर्यटक सहभागी हुने भएका छन् ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा १३ स्थित काहुँखोला कसेरीको फाँटमा शुक्रबार हुने उक्त महोत्सवमा छिमेकी मुलुक भारत, चीन, अमेरिका लगायतका १५ भन्दा बढी देशका ५ सय जना विदेशी पर्यटक सहभागी हुने परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा स्थानीय महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ रोपनी खेतमा परम्परागत रुपमा धान रोपाइँ महोत्सव गरिने उहाँले बताउनुभयो । पोखरा सबै मौसमका लागि उपयुक्त छ भन्ने सन्देश दिँदै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुने उक्त महोत्सवमा नेपाली परम्परागत रुपमा चल्दै आएका चलन, रीतिरिवाज, कला संस्कृति, पञ्चे बाजाका साथमा लोकगीत समेत प्रस्तुत गरिने महोत्सव संयोजक कृष्ण भण्डारीले बताउनुभयो ।

उक्त महोत्सव सम्पन्न गर्न करिब ३० लाख खर्च हुने परिषद्ले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत