म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना । अन्नपूर्ण, अन्नपूर्ण साउथ, निलगिरि र वराहशिखर हिमालबाट हिउँ पग्लिएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरनाले पदमार्गको सुन्दरता बढाएको छ।
फुतफुते झरना नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गको पदयात्रामा हिँड्ने पर्यटकको आकर्षणमा परेको छ। पहाडको खोचबाट खसेको झरना र पानीको नीलो तालको अवलोकन सँगै तस्बिर र भिडियो खिच्न पर्यटक लोभिन्छन् ।

झरनाको सुन्दरताले पर्यटकको थकान मेटाइदिन्छ । हुमखोलाबाट एक घण्टाको पैदल यात्रामा डेढ घण्टाको समयमा झरनामा पुग्न सकिन्छ ।
पहिलोपटक यस झरनामा पुग्नुभएका अन्नपूर्ण गाउँपालिका– वडानम्वर ८ का वडाअध्यक्ष खमबहादुर गर्वुजाले झरनाको अवलोकन गर्दा निकै आनन्द महसुस भएको बताउनुभयो ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्ग अन्तरगत यो झरना पर्दछ ।
१९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमालको पहिलो पटक आरोहण गरेपछि तीन यस पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरी पूर्वाधार पदमार्ग निर्माण गरिएको छ।
यस पदमार्गको निर्माणक्रमको यसलाई फुतफुते झरनाको रुपमा नामाकरण गरिएको मौरिज हर्जोग पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो । आधार शिविर पुग्ने करिब २२ किलोमिटरको मौरिस हर्गोज पदमार्गमा सहज पूर्वाधार निर्माणले पर्यटक आगमन बढाएको छ ।




देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ