शुक्रबार, चैत्र २७, २०८२

अदालतका कर्मचारीले हडताल गर्दा देशभरका सेवाग्राही मर्कामा 


कान्तिपथ


काठमाडौँ । अदालतका कर्मचारीले हडताल गर्दा देशभरका सेवाग्राही मर्कामा परेका छन् । 

ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले हडताल गरेका हुन् । 

चार कर्मचारी सङ्गठनले हड्ताल गरेका हुन् । कर्मचारीको आन्दोलनका  कारण मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही मर्कामा परेका हुन् । 

नासु तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाइसकेको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत