शुक्रबार, चैत्र २७, २०८२

सात दिनभित्र ललिता निवासका अस्थायी संरचना हटाउन बालेनको अल्टिमेटम


कान्तिपथ


काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

मेयर बालेन्द्र साह बालेन को निर्देशनमा तारबार गर्न बालुवाटार पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले ७ दिने अल्टिमेटम दिएका हुन् ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न नगरप्रहरीलाई निर्देशन दिएका थिए ।

राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको थियो ।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने बताएको छ ।

नगर प्रहरीले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने जनाईएको छ । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।

ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत