बुधबार, चैत्र २५, २०८२

३ हजार ४ सय ७८ सवारीसाधन कारबाहीमा


कान्तिपथ


रुकुम पश्चिम । रुकुम पश्चिममा ३ हजार ४ सय ७८ वटा सवारीसाधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको साउन देखि जेठ सम्ममा ट्राफिक नियमको उलङ्घन गर्ने सवारी सधान कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख एक्कबहादुर रोकायले बताउनुभयो ।  

उहाँका अनुसार कारबाही पर्ने सवारीसाधनमा ट्रक  ३ सय १४, बस ३ सय ३२ र जीपकार, ४ सय ६ वटा रहेका छन् । त्यस्तै मोटरसाइकल १ हजार ८ सय ६५, ट्याक्टर ४ सय ६४ र टेम्पो ९५ रहेका छन् । जसबाट ३० लाख ७१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाभर ६८ वटा सडक दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु र ९५ जना घाइते भएका छन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत