शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने रिब्दीकोट गाउँपालिका

दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने रिब्दीकोट गाउँपालिका


कान्तिपथ


पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर-१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएको हो ।

यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष कार्यक्रमलाई थप बजेट छुट्याउने जनाएको छ । दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्ष बताएका छ्न् ।

वडा अध्यक्ष पोख्रेलका अनुसार वडामा जनसंख्या पनि कम रहेको र दक्ष जनशक्तिको पनि अभाव देखिएकाले वडाका जनतालाई सन्तान उत्पादनमा जोड दिने गरी यो कार्यक्रमको घोषणा गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत