सोमवार, मंसिर १८, २०८०

मेटाद्वारा ट्वीटरको प्रतिस्पर्धी एपको शुरुवात, ट्वीटरका प्रयोगकर्तालाई आकर्षित गर्ने अनुमान


कान्तिपथ


इन्टाग्रामका संचालक मेटाले ट्वीटरको प्रतिस्पर्धी एपको शुरुवात गरेको छ । ट्वीटरले हालैका दिनमा आफ्नो प्लेटफर्ममा गरेको परिवर्तनबाट निराश बनेका यसका प्रयोगकर्तालाई मेटाले ल्याएको नयाँ एप ‘थ्रेड्स’ले आकर्षण गर्ने अनुमान गरिएको छ ।

हालै संचालनमा ल्याइएको मेटाको नयाँ एप ‘थ्रेड्स’ बेलायतसहित विश्वका एक सय मुलुकमा डाउनलोडका लागि उपलब्ध छ । तर युरोपेली संघमा आवद्ध राष्ट्रहरुमा भने अलग्गै नियमनकारी नियमका कारण यो एप उपलब्ध छैन ।

नयाँ एपमा प्रयोगकर्ताले पाँच सय शब्द सम्मको पोष्ट सिर्जना गर्न सक्छ । यसका धेरै सुविधा र विशेषता ट्वीटरमा जस्तै रहेका छन् । तर प्रतिद्वन्दीहरुले यसले संकलन गर्न सक्ने तथ्यांकका विषयमा भने आलोचना गरेका छन् ।

मेटाले प्रारम्भिक संस्करण भनेर संचालनमा ल्याएको नयाँ एपमा मास्टोडन जस्ता अन्य सामाजिक संजालमा जस्तै मानिसहरुसँग अन्तरक्रिया गर्न सक्ने क्षमता सहितका अतिरक्त सुविधा थप गर्ने योजना रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत