शुक्रबार, चैत्र २७, २०८२

कोशीको झमेला तिलप्रसाद श्रीमानले हेर्ने


कान्तिपथ


लगातार दुई दिनसम्म हेर्न नभ्याईनेमा परेको कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको रिट आज सुनुवाईका लागि पेसी तोकिएको छ ।

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुत्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।

आइतबार उक्त रिट न्यायाधीश डा.आनन्दमोहन भट्टराई र सोमबार सुष्मालता माथेमाको एकल इजलासमा परेर पनि सुनुवाई हुन सकेको थिएन ।

मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत नपुगेपछि थापाले सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेका थिए । दल त्याग गरिसकेको सभामुखलाई सरकार बनाउने खेलमा सामेल गरेको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत