शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • बजेटको आकार नै घटेको हुनाले स्थानीय तह र प्रदेशमा पनि बजेट घटेको : अर्थमन्त्री महत

बजेटको आकार नै घटेको हुनाले स्थानीय तह र प्रदेशमा पनि बजेट घटेको : अर्थमन्त्री महत


कान्तिपथ


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्रमा बजेटको आकार नै घटेको हुनाले स्थानीय तह र प्रदेशमा पनि घटेको भएपनि सङ्घमा भन्दा स्थानीय तहमा कम कटाएको स्पष्ट पार्नुभएको छ । 

राष्ट्रिय सभा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनु भएका विषयमा जवाफ दिँदै मन्त्री महतले समग्रमा पूँजीगत तर्फको सङ्घमा करिब २१ प्रतिशतले घटेको बजेट घटेको अवस्थामा स्थानीय र प्रदेशमा ७ प्रतिशतले मात्रै घटेको बताउनु भयो । 

मन्त्री महतले  मिलिनियम च्यालेन्ज एकाउन्ट लागि १० अर्ब ८४ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको र त्यो प्रसारण लाइन र सव स्टेसन मुख्य क्रियाकलाप केन्द्रित रहने बताउनु भयो ।

उहाँले बेरुजु समग्रमा एउटा समस्या रहेको भन्दै अर्थ मन्त्रालयको मात्रै होइन सवैतिर समस्या रहेको र यसलाई कम गर्न अनुशासन कायम गर्ने कुरामा अर्थ मन्त्रालय जागरूकताका साथ लागिपरेको बताउनु भयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत