`हात्ती छाप´ निर्माण टिमले आफ्नो पोस्टर सार्वजनिक गरेको छ। जसमा फिल्मका मुख्य अभिनेता सौगात मल्ललाई पेन्टिङ लुक्समा निर्माण टिमले सार्वजनिक गरेको छ ।
पेन्टिङमा राजाको भूमिकामा सौगातको लुक्समा शिरमा शिर पेच, कम्मरमा खुकुरी र हातमा तरबार लिएर मल्ल देखिएका छन् । फिल्मलाई सिमोस सुनुवारको निर्देशन रहने छ भने किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा नायिका उपासना सिंह ठकुरी पनि मुख्य भूमिकामा रहेकी छिन्। प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा सौगात र उपासनाको अलावा बुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय रहनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ