बिहिबार, बैशाख ३, २०८३

काठमाडौँको फोहोर फेरि रोकियो


कान्तिपथ


नुवाकोटको ककनीस्थित स्थानीयले उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन स्थल बञ्चरेडाँडामा लैजान अवरोध गरेपछि उपत्यकामा पुनः फोहोर थुप्रिने संकेत देखिएको छ। आज बिहानैदेखि नुवाकोटको ककनी पालिका, धादिङको धुनबेसी–१ का जनप्रतिनिधि र स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर लिएर बञ्चरेडाँडामा विसर्जन गर्न गएका गाडी रोकेका हुन्।

संघीय र काठमाडौं महानगरसँग आफूहरूले राखेका माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिनुपरेको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए। स्थानीयको अवरोधपछि उपत्यकाको फोहोर बोकेर ल्यान्डफिल साइट सिसडोल, बञ्चरेडाँडा जाँदै गरेका ५० ट्रक बाटैमा रोकिएका छन्।

फोहोरले स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारसँग यसबारे बारम्बार सहमति भए पनि कार्यान्वयन नभएपछि पुनः आन्दोलनमा उत्रन बाध्य भएको वडाध्यक्ष बजगाईंको भनाइ छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत