काठमाडौँको कोटेश्वरस्थित हिमालय कलेजले प्रेसिडेन्ट इन्टरनेसनल एजुकेसन अवार्ड प्राप्त गरेको छ । शिक्षालय राष्ट्रिय मासिकको आयोजनामा अवार्ड हस्तान्तरण भएको थियो । १६ विधामा २२ वटा अवार्ड प्रदान गरिएकोमा उत्कृष्ट कलेजको रुपमा छनोट हुँदै हिमालय कलेजले प्रोफेसन डेभलप्मेन्ट अवार्ड प्राप्त गरेको कलेजका प्रमुख कार्यकारी अधिकारी नरेन्द्रबहादुर अधिकारीले बताए ।
हिमालय कलेजलाई उक्त अवार्ड माननीय शिक्षा राज्य मन्त्रि प्रमिला कुमारी, वाग्मती प्रदेशका मन्त्रि माननीय रामकृष्ण चित्रकार लगायतले हस्तान्तरण गरेका थिए ।
कलेजमा अहिले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, फेसन डिजाइनिङ तथा शिक्षा संकायमा धमाधम भर्ना चलिरहेको छ । २०६४ सालमा स्थापना भई कलेजले कक्षा १ देखि कक्षा ११, १२ सहित स्नातक तथा स्नातकोत्तर तहसम्मका विभिन्न विषयहरूको अध्यायन अध्यापन गराउँदै आइरहेको छ । स्नातक तहमा बिबिएस, बिएसडब्लु, बिए को अध्यापन हुन्छ भने स्नातकोत्तर तहमा एमबिएसको पढाई हुने गरेको छ ।




देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ