बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ४ मा रहेको नेपाल मा.वि. गण्डकी प्रदेशकै नमुना विद्यालय बन्ने अभियानमा छ ।
कोरियन सहयोगी संस्थानले कम्प्युटरसहित अत्याधुनिक प्रविधि, सामाग्री, हाडवर्यर प्रयोग गरी नमुना विद्यालय बनाउन लागेकाे हाे ।
नमुना विद्यालय बनाउन कोरियन समूहका प्रमुख, व्यवस्थापन, ईन्जीनीयरसहितको ५ जना र सम्बद्ध नेपालबाट ३ जनाको टोलीले नेपाल माध्यमिक विद्यालयमा छलफल र अनुगमन गरेको छ ।
पहिलाे पटक २०७९ साल मंसिरमा स्थलगत अनुगमन गरेको कोरियन टोलीले दोस्रो पटक अनुगमन गरेर काम सुरु गर्न लागेकाे हो । आगामी कार्तिक मंसिरमा परियोजनाको दोस्रो चरणको कार्य उद्घाटन हुने सहयोगी संस्थानका प्रमुख आछुछीना बताउनु भयो । परियोजना सफल पार्न ७ वर्षसम्म परियोजनाको तर्फबाट कोरिया सहयोगी संस्थानले प्रत्यक्षरुपमा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
यो बर्ष कक्षा कोठा व्यवस्थापन गरी सम्पुर्ण प्रविधि सामाग्री ल्याउने र जडान गरिने र अर्को बर्ष तालिमको व्यवस्था गर्ने, त्यसको दुई वर्षमा विद्यालयमा मुल्याङकन गरिने उहाँले बताउनुभयो । उहाँले यो परियोजना कोरिया र नेपालका शिक्षक शिक्षकको बीचमा सञ्चार समन्वय आदान प्रदान गराइदिने मार्गसमेत हुने उहाँले बताउनुभयो ।
यो योजना नेपालमै नयाँ, ठुलो र भौतिक तथा प्राविधिक सुबिधा सम्पन्न हुने उहाँले बताउनुभयाे । कोरियन प्रशिक्षक समेत प्रदान गरी सञ्चालन हुने याे योजना विद्यालयकाे लागि ठुलाे अवशर भएकाे विद्यालयका अध्यक्ष दिवश खत्रीले बताउनु भयो ।
उहाँले नेपालमा यो परियोजना तीन बटा विद्यालयमा सञ्चालन हुन लागेको बताउनुभयो । परियोजनामध्ये सुगम स्थल काठमाडौँ र यातायातको सहजता भएको पाल्पासँगै सडक, होटल लगायतको सुविधाबाट वञ्चित रहेकाे ताराखोलाको नेपाल मावि पनि पर्नु आफूहरूको लागि गौरवको विषय भएको उहाँले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ