बिहिबार, चैत्र २६, २०८२

धौलिगङ्गा बाँध पुनः खोलियो, सतर्कता अपनाउन आग्रह


कान्तिपथ


बैतडी। भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएकोले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ ।

सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताउनुभयो । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत