शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • मिटरब्याज पीडितको समस्या समाधान गर्ने विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

मिटरब्याज पीडितको समस्या समाधान गर्ने विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण


कान्तिपथ


काठमाडौँ- मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ ।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको अनुचित लेनदेन मिटरब्याज सम्बन्धी व्यवस्था भएको सो विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

अब राजपत्रमा प्रकाशित भएपछि सो विधेयक कानुनका रूपमा कार्यान्वयन हुनेछ ।

विधेयकमार्फत सरकारले मिटरब्याजीलाई कारबाही गर्नेल गायत मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि विभिन्न कुराहरू समावेश गरेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक असार १५ गते पारित भएर राष्ट्रिय सभामा गएको थियो । असार ३१ मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई साउन १० गते राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत