लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो ।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा पनि खेल बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट लिईएको थियो ।
निर्धारित समयको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काएका थिए । नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए ।
सन् २०२० मा स्थापित इन्टर मायमीको इतिहासकै पहिलो उपाधि हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ