संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीका पिताको निधन भएको छ । पिता हर्कबहादुर किराँतीको निधन भएको मन्त्री किराँतीले सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन् ।
बिहानै उनले फेसबुकमा लेखेका छन्, ‘भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !’
मन्त्री किराँती २०३५ मा भोजपुरको ओख्रेमा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका हुन्। बेलायती लाहुरेका छोरा किराँती हङकङमा जन्मेर ब्रुनाईमा हुर्किएका हुन्। उनले सामाजिक संजालमा पनि ब्रुनाईमा आमा, बुबा दिदिसंग खिचिएको तस्बिर सार्वजनिक गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ