बुधबार, चैत्र २५, २०८२

अष्ट्रेलियामा सलोन र केकीको `जय हो´ लाई ८७ शो


कान्तिपथ


भदौ ८ गते नेपालसहित विदेशमा समेत प्रदर्शन हुन लागेको सलोन बस्नेत स्टारर ‘जय हो’को अन्तर्राष्ट्रिय प्रदर्शनलाई लिएर उत्साहजनक खबर छ । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’  ले अष्ट्रेलियामा ८७ शो पाएको छ । यो फिल्म उक्त मितिमा अष्ट्रेलियामा एकै पटक ८७ शोसहित रिलिज हुँदैछ ।

नमस्ते इन्टरटेनमेन्ट (देव कार्की)ले अष्ट्रेलियाको न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, तास्मानिया, भिक्टोरिया, एडिलेड, पर्थ, डार्विन र क्यानबेर गरी ८ सहरका हलमा फिल्म प्रदर्शन गर्न लागेको हो । यसै गरी नेपालमा भने फिल्मको शो छुट्टाइ सकिएको छैन । एडभान्स बुकिङ खुलाइसकेता पनि फिल्मको बाँडफाँड आज बेलुका सम्म छुटाइसक्ने बताइएको छ  । टेक पौरखी राईको निर्देशन रहेको फिल्मलाई सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । सौरभ लामाको छायांकन रहेको फिल्मको प्रस्तुतकर्तामा शोभित बस्नेत छन् ।

फिल्ममा सलोन बस्नेत , केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ, सुबि मगरको पनि अभिनय रहेको छ ।

अष्ट्रेलिया प्रवद्र्धनका लागि अभिनेता बस्नेत हालै त्यहाँ पुगेका थिए । टेक पौरखी राई निर्देशित यो फिल्म शुक्रबारदेखि नेपालमा रिलिज हुँदैछ । फिल्मलाई बुधबार काठमाडौं प्रिमियर गर्ने तयारी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत