‘टाइटानिक’ का हिरो लियोनार्दो अमेरिकी सुपरमोडल गिगी हदीदसँगको अन–अफ सम्बन्धको बीच उनी अहिले नयाँ मोडलसँग साथ देखिएका छन् । चर्चा भएअनुसार ती युवती मोडल भिटोरिया सेरेटी हुन् । मोडल भिटोरिया सेरेटी लियोनार्दोभन्दा २३ वर्ष कान्छी छिन् । लियोनार्दोलाई क्यालिफोर्नियाको सान्ता बारबरामा मोडल भिटोरिया सेरेटीसँग भेटिएको थियो । उनीहरु एकअर्काको कम्पनीमा निकै खुसी देखिएका थिए । दुवैले गर्मीबाट राहत पाउन आइसक्रिम र आइस कफी लिए । दुवै क्याजुअल तर स्टाइलिस लुकमा थिए
४८ वर्षीय अभिनेता लियोनार्दोको नाम यसअघि सुपर मोडल गिगी हदिदसँग जोडिएको थियो । गिगी र लियोनार्दो अझै पनि दुवै अन–अफ सम्बन्धमा रहेको बताइएको छ । गत साता विमानस्थलमा झोलामा लागूऔषध भेटिएपछि गिगीलाई पक्राउ गरिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ