बुधबार, चैत्र २५, २०८२

‘महाजात्रा’मा हरिवंशदेखि विपिनसम्म, चैत ९ मा रिलिज हुने


कान्तिपथ


सुपर हिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को निर्माण घोषणासँगै स्टारकास्ट तथा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मको मिति सार्वजनिक गरेका हुन् । फिल्मको प्रदर्शन मिति आगामी चैत ९ गते उल्लेख छ । निर्देशक प्रदीप भट्टराईको निर्देशन तथा लेखन् रहेको फिल्मलाई षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिन लागिएको हो ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्मातामा म्याक्स दिपेश खत्री र यत्रश्वर पौडेल छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । ‘जात्रा’ २०७३ सालमा प्रदर्शन भएको थियो भने यसको सिक्वेल (जात्रै जात्रा) २०७६ सालमा आएको थियो । दुवै श्रृंखला घरेलू बक्स अफिसमा सफल भएका थिए । ‘महाजात्रा’लाई पनि निर्माण अगावै ‘स्योर सट’ हिट भनिन थालिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत